मोरङमा स्यानिटाइजर प्रयोग गर्दा दुई जनाको मृत्यु

२०७७ फाल्गुन १७ गते, सोमबार

विराटनगर – हातमा दल्ने स्यानिटाइजर सेवन गर्दा मोरङमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको शिवसताक्षी नगरपालिका ४ घर भई विराटनगर महानगरपालिका १७ रघुपति जुटमिलको क्वार्टरमा बस्ने ६५ वर्षीय अम्बिका गिरी र मोरङको जहदा गाउँपालिका ४ का ६० वर्षीय दिनेश मण्डल छन् ।

किटाणु नष्ट गर्न प्रयोग गरिने स्यानिटाइजर सेवन गर्दा सिकिस्त भएका गिरी र मण्डलको उपचारका क्रममा विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनु भयो ।

गिरीले मदिरा भनेर र मण्डलले पारिवारिक विवाद बढ्दा स्यानिटाइजर सेवन गरेको खुल्न आएको प्रहरीको भनाइ छ । मदिराको नशामा लठ्ठ भएकै बेला गिरीले शनिबार राति ११ बजे आधा लिटर स्यानिटाइजर पिएकी थिइन् ।

मण्डलले पनि शनिबार राति १० बजेतिर स्यानिटाइजर सेवन गरेको खुलेको प्रहरीले जनाएको छ । स्यानिटाइजरमा पनि विषादी हुने भएकाले सेवन गर्दा ज्यान जाने कोशी अस्पतालका मेसु चुमनलाल दासले बताउनु भयो।

69 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal