सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनर्स्थापना शुरू

२०७७ फाल्गुन १६ गते, आईतवार

काठमाण्डाैं –  सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनर्स्थापना कार्य शुरू भएको छ ।

साँस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणमा भारत सरकारले गरेको आर्थिक सहयोगबाट सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनर्स्थापना कार्य शुरू भएको हो ।

सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माण गर्न भारत सरकारले जनाएको ५.८ अर्ब रुपैयाँको आर्थिक सहयोग अन्तर्गत २८ साँस्कृतिक सम्पदा पुनर्निर्माण हुनेछन् । यी मध्ये सेतो मच्छिन्द्रनाथको मन्दिर पहिलो हो ।

यी सबै २८ साँस्कृतिक सम्पदा क्षेत्रहरु नेपाल सरकारले पहिचान गरेका हुन् । सन् २०१७ अगस्टमा यी क्षेत्रहरुको पुनर्निर्माण गर्न नेपाल सरकार र भारत सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

नेपालको प्राचीन स्मारक संरक्षण ऐनले निर्धारण गरेको मापदण्ड अनुरुप पुनर्स्थापना कार्य गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले निकायहरुको पहिचान गरिरहेको छ ।

केन्द्रीय आयोजना इकाई (भवन) यी परियोजनाहरुको कार्यान्वयन इकाई हो ।

२०७२ सालको भूकम्पले क्षति पुर्‍याएका सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा पुनर्स्थापनाका लागि नेपालको प्राचीन स्मारक संरक्षण ऐन र पुरातत्व विभागले तोकेको निर्देशिका अनुरुप सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवम् पुनर्स्थापना हुनेछ । यी सम्पदाहरुको पुनर्निर्माण गर्ने क्रममा यसको मौलिकता, परम्परागत महत्व, स्थानीय परम्परा, मूल्य र मान्यतालाई ध्यानमा राख्दै प्राचीन सामाग्रीहरुको यथासक्य प्रयोग गरिनेछ ।

मन्दिरको साज सज्जा तथा काष्ठकला सम्बन्धी काम बिग्रिन नदिन विशेष ध्यान पुर्‍याइने पुनर्निर्माण प्राधिकरणले जनाएको छ । नेपाल सरकारले अनुमोदन गरेको विस्तृत परियोजना प्रतिवेदन अनुसार संरक्षण तथा पुनस्थर्नपना कार्यमा भारतको प्राविधिक सहयोग रहने छ ।

आइतबार भएको एक कार्यक्रमकाबीच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवम् पुनर्स्थापनाको आज संयुक्त रुपमा भूमि पूजन गरी शुभारम्भ गर्नु भएको हो ।

कार्यक्रममा भारतीय राजदूतावासको पुनर्निर्माण तथा विकास विभागका अधिकारीहरु पनि सहभागिता थियो ।

97 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal