आधा घट्यो फेवातालको क्षेत्रफल

२०७७ फाल्गुन १६ गते, आईतवार

पोखरा – कास्कीको पोखरास्थित फेवातालको क्षेत्रफल आधाले घटेको छ । आइतबार फेवातालको चार किल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन समितिले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा फेवातालको क्षेत्रफल यसअघि गरिएको सर्भे भन्दा झण्डै आधा घटाइएको छ ।

२०१८ सालमा नेपाल–भारत सहयोग मिसनले गरेको अध्ययनमा तालको क्षेत्रफल १० वर्ग किलोमिटर अर्थात २२ हजार रोपनी क्षेत्रफल औँल्याइएकोमा अहिले त्यसलाई झण्डै आधा घटाएर ५.७२६ वर्ग किलोमिटर अर्थात ११ हजार २ सय ५५ रोपनी क्षेत्रफल कायम गरिएको छ । ‘सीमांकन तथा नक्सांकन समिति’ ले २०३८ साल बनाइएको प्रतिवेदनलाई समेत आधार मान्दै क्षेत्रफल कायम हुने गरी यसअघि प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो । युएनडिपीले २०३८ सालमा तयार पारेको अध्ययन प्रतिवेदनमा तालको क्षेत्रफल ५.८ वर्ग किलोमिटर उल्लेख गरिएको थियो ।

आइतबार बिहान गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेवातालको चार किल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन समितिको प्रतिवेदन सार्वजनिक गर्नु भएको हो।

76 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal