अनधिकृत व्यापार हटाउन पुरातत्व विभागलाई काठमाडौं महानगरको पत्र

२०७७ फाल्गुन १६ गते, आईतवार

काठमाण्डाैं –  वसन्तपुरको वारुणयन्त्र कार्यालयबाट उत्तरतर्फको भवन र तलेजु भवानी मन्दिर नजिकको भवनमा रहेका अनधिकृत व्यापार हटाएर ७ दिनभित्र जानकारी गराउन काठमाडौं महानगरपालिकाले पुरातत्व विभागलाई पत्र पठाएको छ । फागुन १४ गते महानगरको सम्पदा तथा पर्यटन विभागले पत्र पठाएको हो ।

वसन्तपुरसहित काठमाडौंका विश्व सम्पदा क्षेत्रको सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व जोगाउनु विभागको पनि दायित्व हो । पत्रमा भनिएको छ, बसन्तपुर क्षेत्रमा विभागले हेर्नु पर्ने स्थानहरु भोगचलन गरी भवनहरुमा पुरातात्विक महत्व विपरीत व्यापारिक प्रयोजनमा ल्याइएको जनगुनासो प्राप्त भएको छ ।

‘अनधिकृत व्यापार व्यवसाय तहाँ विभागले (७) सात दिनभित्र हटाइ यस कार्यालयलाई जानकारी गराउनु हुन अनुरोध छ । तोकिएको समयभित्र उल्लेखित अनधिकृत प्रयोजन नहटाइएमा यस कार्यालयबाट हटाइने व्यहोरासमेत मिति २०७७ फागुन १४ गतेको निर्णयानुसार अनुरोध छ ।’ पत्रमा भनिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४, काठमाडौं महानगरपालिका भवन निर्माण मापदण्ड २०७५ र प्राचीन स्मारक ऐन २०१३ समेतका कानुनी व्यवस्थाबमोजिम बसन्तपुर क्षेत्रका प्राचीन संरक्षण, मर्मत र जीर्णोद्धार गर्नुका साथै उक्त क्षेत्रमा सञ्चालित अनधिकृत व्यापार व्यवसाय हटाउनु यस कार्यालयको प्राथमिक योजनाभित्र पर्दछ । पत्रमा भनिएको छ, काठमाडौं महानगरपालिका उक्त क्षेत्रभित्र रहेका अनधिकृत व्यापारिक प्रयोजन हटाउने अभियानमा लागेको छ ।

140 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal