गैरकानूनी सडक विस्तारको विरोधका क्रममा पक्राउ परेकाको रिहाइको लागि परेको रिटको साेमबार सुनुवाइ

२०७७ फाल्गुन १५ गते, शनिबार

काठमाण्डाैं – गैर कानूनी तबरबाट भएको सडकविस्तार एवमं सर्वोच्च अदालतको आदेश विपरित वाईपास क्षेत्रमा निर्माणाधिन बालाजु सुचना केन्द्रको विरोधका क्रममा पक्राउ परेका ८ जना अभियन्ताको तत्काल रिहाइको मागसहित सर्वोच्च अदालतमा दायर रिटको सोमबार सुनुवाई हुँदैछ।
विरोधका क्रममा पक्राउ परेका अभियन्ता सुमन सायमिसहित ८ जना अभियन्तालाई प्रहरी वृत्तमा अमानवीय तरिकाले बन्दी बनाएको भन्दै तत्काल रिहाइको मागसहित दायर रीटउपर सोमबार सुनुवाई हुन लागेको हो।

अधिवक्ता जितेन्द्र बज्राचार्यंले उक्त रीट निवेदन बिहिबार दायर गर्नु भएको हो । न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलाशले पक्राउ परेकाहरुलाई सोमबार नै अदालतमा पेश गर्नको लागि गृह मन्त्रालयसहित जिल्ला प्रशासन कार्यालय काठमाण्डौंँ, महानगरीय प्रहरी परिसर टेकु र प्रहरी वृत्त बालाजुलाई आदेश दिएको अधिवक्ता बज्राचार्यले बताउनु भयो। उक्त मुद्दामा १४ जना कानुन व्यवसायीहरुले हिजो वहस पैरवी गरेका थिए।

सर्वोच्चले स्टे अडर दिएको ठाउँमा काठमाडौं महानगरपालिकाले सुचना केन्द्र बनाउन थालेपछि अभियन्ताहरुले विरोध गरेका थिए । विरोधका क्रममा सुमन सायमी, विरोचन श्रेष्ठ, भिमदेव श्रेष्ठ,महेश्वर मानन्धर, रुक्षित श्रेष्ठ, संजय तामाङ, मनोज श्रेष्ठ, , मीन शाही, निरन्जन श्रेष्ठलाई बुधबार बालाजुबाट पक्राउ गरिएको थियो। उनीहरुलाई शुरूमा बालाजु बृतमा राखिएकोमा अहिले सोह्रखुट्टे वृतमा राखिएको छ।
केही बर्षअघि बालाजु बाइपास क्षेत्रमा सडक विस्तार आयोजनाले ३९ वटा स्थानीयबासीहरुको घर भत्काएर सडक विस्तार गरेको थियो । त्यही ठाँउमा काठमाडौं महानगरले बजेट विनियोजन गरेर सूचना केन्द्र बनाउन थालेको हो।

65 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal