पशुपतिमा राखियो १ सय ८ केजी सुनको जलहरी

२०७७ फाल्गुन १२ गते, बुधबार

काठमाण्डाैं –पशुपतिनाथमा सुनको जलहरी राखिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा जलहरी अनावरणको पूजा गरेसँगै सुनको जलहरी राखिएको पशुपति विकास कोषले जनाएको छ । 

गएकाे पाँच दिनदेखि नेपाल र भारतका एक सय २१ जना ब्राह्मणद्वारा पशुपतिनाथ मन्दिरमा वैदिक र शास्त्रीय विधिपूर्वक भएको क्षमापूजा तथा विभिन्न मुहूर्तमा भएका सङ्कल्प पूजाहरू पनि राष्ट्रपतिले विसर्जन गर्नुभएको कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले जानकारी दिनुभयो । 

मङ्गलवार राति ९ बजेको शुभ साइतमा पशुपतिनाथको मूल मूर्तिको फेदमा सुनको नयाँ जलहरी राखिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चाँदीको जलहरीमाथि सुनको नयाँ जलहरी राखिएको हो । 

एक सय आठ किलोको जलहरी निर्माणका लागि कोषले राष्ट्र बैंकबाट एक सय चार किलो सुन किनेको हो । बाँकी चार किलो चाँदी तथा तामा मिसाइएको छ ।  

100 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal