भ्याक्सिनका दुबै डोज लगाएकाले कतारमा क्वारेन्टाइन बस्नु नपर्ने

२०७७ फाल्गुन ८ गते, शनिबार

कतारले कोभिड – १९ भ्याक्सिनका दुबै डोज लगाइसकेकाहरूलाइ कतारमा क्वारेन्टाइनमा बस्नु नपर्ने जनाएको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार यो सुविधा कतारी नागरिक र कतारको आवासिय अनुमति प्राप्त कतारी आईडी होल्डरका लागि मात्र हुने जनाएको छ ।

यो सुविधा भ्याक्सिनको दोस्रो डोज लगाएको १४ दिन पश्चात ३ महिनासम्म मात्र मान्य हुने हामद अस्पतालका सरुवा रोग विभागका प्रमुख डा अब्दुल्लातिफ अल खालले बताए ।

कतारबाट छुट्टीमा गएकाहरू महंगो होटल क्वारेन्टाइनको बाद्यात्मक नियममा पिल्सिदै कतार फर्किन नसकिरहेकाहरूलाई यो एउटा सहज र कम खर्चिलो निकास हुन सक्नेछ ।

यहाँ खोप सुरु भएदेखि अहिलेसम्म एक लाखभन्दा बढी मानिसहरूले कोभिड–१९ बिरुद्धको खोप प्राप्त गरिसकेको मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ बिरुद्धको खोप अभियान कतारमा गत डिसेम्बर २३ तारिख २०२० देखि सुरु भएको थियो । पहिलो चरणमा वृद्धहरू, गम्भीर दीर्घकालीन रोगहरू र स्वास्थ्य सेवा फ्रन्टलाइनमा काम गर्नेहरुलाई प्राथमिकता दिइरहेको छ ।

कतारले २०२१ भित्रमा आप्रवासी नागरिकसहित अन्य सबैलाई कोभिड–१९ विरुद्धको खोप निशुल्क रुपमा उपलब्ध गराईसक्ने यसअघि नै जनाएको छ ।

61 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal