तीन हजार डाइनामाइट लगाएर भत्काइयो ट्रम्पको ३४ तल्ले प्लाजा

२०७७ फाल्गुन ८ गते, शनिबार

अमेरिकाका पूर्व राष्टपति डोनाल्ड ट्रम्पको चर्चित ट्रम्प प्लाजा भत्काइएको छ । उक्त ३४ तल्ले प्लाजालाई हजारौं डायनामाइटको सहयोगले धराशायी गरिएको हो । अमेरिकाको एट्लान्टिक शहरस्थित उक्त प्लाजा क्यासिनोका लागि परिचित थियो ।

तीन हजार डायनामाइटको सहयोगले ३४ तल्ले उक्त भवनलाई विष्फोट गरिएको दृष्य हेर्नका लागि व्यवस्था समेत गरिएको थियो । उक्त प्लाजा सन् १९८४ देखि सञ्चालनमा थियो भने सन् २०१४ मा बन्द गरिएको थियो । धेरै पटक आएको आँधिबेहरीका कारण भवनको बाहिरी भाग चिरा परिसकेको थियो ।

भवनको त्यस्तो अवस्था देखेर पछिल्लो वर्ष नै उक्त शहरका मेयर मार्टी स्मलले उक्त भवन ध्वस्त गर्ने आदेश दिएका थिए । जब उक्त भवन भत्काइरहेको थियो, त्यो दृष्य हेर्नाका लागि त्यहाँ सयौं मानिस उपस्थित मात्र थिएनन्, उक्त दृष्यको प्रत्यक्ष प्रसारणसमेत गरिएको थियो ।

उक्त प्लाजालाई ढालिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । ३४ तल्ले उक्त विशाल भवनलाई ढाल्नका लागि २० सेकेण्डभन्दा कम समय लागेको थियो । बुधवार बिहान ९ बजेका आसपास उक्त बिल्डिङमा एकपछि अर्को गर्दै लगातार थुप्रै पटक विस्फोट गरियो, जसबाट पुरै भवन हल्लिन थाल्यो ।

एट्लान्टिक शहरका मेयरका अनुसार उक्त भवन भत्काइएपछि त्यसको भग्नावशेष नै ८ तल्ला जति अग्लो भएको छ र त्यसलाई हटाउनका लागि करिव चार महिनाको समय लाग्न सक्छ । वास्तवमा ट्रम्प स्वयं पनि हलिउड फिल्ममा देखिसकेका छन् । उनको उक्त प्लाजा समेत एउटा लोकप्रिय फिल्मको अंग रहिसकेको छ ।

ट्रम्प प्लाजा फिल्म ओशन ११ मा देखिएको थियो । उक्त फिल्ममा ब्राड पिट, जर्ज क्लूनी,जूलिया रोबर्ट्स, म्याट डेमन र केसी एफ्लेक जस्ता कलाकारहरु देखिएका थिए ।

सन् १९८४ देखि १९९१ सम्म उक्त क्यासिनोमा इभेन्ट मेनेजरको रुपमा काम गर्ने बर्न डिल्लन भन्छन्–‘जसरी ट्रम्प प्लाजा र एटलान्टिक सिटीलाई पुरै विश्वसामु राखियो, त्यो अविश्वसनीय थियो ।’

वास्तवमा उक्त प्लाजामा पप सुपरस्टार म्याडोनादेखि लिएर सेलर हक होगन, म्यूजिक लिजेन्ड कीथ रिचर्ड्स तथा सुपरस्टार अभिनेता ज्याक निकोल्सन जस्ता मानिसहरु पनि पुगेका थिए । एजेन्सी

55 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal