फागुनकाे तेस्राे साताबाट मेयर कप राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने

२०७७ फाल्गुन ५ गते, बुधबार

काठमाण्डाैं – काठमाडौं महानगरपालिकाको सहयोगमा हुने मेयर कप राष्ट्रिय क्रिकेट प्रतियोगिता फागुनको तेस्रो साताबाट हुने भएको छ । क्यानले अहिलेको योजना अनुसार फागुन २२ गतेदेखि प्रतियोगिता गर्ने योजना बनाएको छ । त्यसका लागि नेपाल क्रिकेट संघ क्यानले तयारी तीब्र पारेको अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

अध्यक्ष चन्दले मेयर कप फागुन २२ देखि सुरू गर्ने योजना रहेको बताए । नेपाली क्रिकेट टिमले ओमान सिरिजका लागि तयारी गरिरहेका बेला ओमान सिरिज कोरोना भाइरसको महामारीका कारण स्थगित भएपछि खेलाडीहरुलाई प्रतियोगितामा ब्यस्त बनाइराख्नका लागि यो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने प्रतियोगितामा तीन वटा विभागीय टिम र हालै प्रधानमन्त्री कप खेलेका सात वटा प्रदेशबाट उत्कृष्ट खेलाडी छनोट गरि अर्को एउटा टिम तयार पार्ने जनाइएको छ ।

मेयर कपका लागि काठमाडौं महानगरपालिकाले क्यानलाई ५० लाख उपलब्ध गराउने सम्झौता २ साताअघि सम्झौता गरेको थियो । महानगरपालिकासँग भएको सम्झौता अनुसार चैत मसान्तभित्र प्रतियोगिता गरिसक्नु पर्ने प्रावधान राखिएको छ ।

54 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal